२०८३ मंसीर ८ गते , मंगलबार

कोशीमा सरकारी कामकाजको भाषा सम्बन्धी विधेयक पारित

sajilo news
परिवेश मिडिया
२०८३ आश्विन २४ गते , शनिबार
कोशीमा सरकारी कामकाजको भाषा सम्बन्धी विधेयक पारित

झापा । कोशी प्रदेशमा सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको छ । प्रदेश सभाबाट आज विधेयक पारित भएको हो । 
यसलाई प्रदेशको भाषिक पहिचान, सांस्कृतिक विविधता र ऐतिहासिक गौरवको संरक्षण तथा प्रवर्द्धनका दृष्टिले महत्त्वपूर्ण उपलब्धिको रुपमा लिइएको नेपाल कम्युनिस्ट पार्टी कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोले बताए ।
साे विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण भएपछि आगामी २०८३ कार्तिक २५ गते राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको जन्मजयन्तीको अवसरमा औपचारिक कार्यान्वयन प्रारम्भ गरिने आङबोले जानकारी दिए । 

सम्बन्धित समाचार