२०८३ मंसीर ८ गते , मंगलबार

बिर्तामोडमा शुरु भयो 'क्लब सेभेन द फिटनेस हब'

sajilo news
परिवेश मिडिया
२०८३ आश्विन २५ गते , आईतबार
बिर्तामोडमा शुरु भयो 'क्लब सेभेन द फिटनेस हब'

बिर्तामोड। झापाको बिर्तामोडस्थित एक किलोमिटर चोकमा क्लब सेभेन द फिटनेस हब सञ्चालनमा आएको छ । क्लबको आज औपचारिक उद्घाटन गरिएको हो ।
दुई करोड रूपैयाँको लगानीमा सञ्चालनमा ल्याएको क्लबको उद्घाटन महिला वडीविल्डर रिपु घर्तीले गरेकी थिइन् । गीता ढकाल खनाल, कुन्नु श्रेष्ठ, लक्ष्मी ढकाल, तुलसा ढकाल, राजन ढकाल, शोभा ढकाल चापागाईँ र पुष्पा शर्मा खनालले क्लब सञ्चालनमा ल्याएका हुन् ।
क्लब सेभेन फिटनेस हबमा जुम्बा, कार्डियो, महिला पुरुषका लागी फिटनेस सम्बन्धी सम्पूर्ण सेवा उपलब्ध हुने सञ्चालक गीता ढकाल खनालले बताइन्।
क्लब सेभेन फिटनेस हबकी सञ्चालक गीता ढकाल खनालको अध्यक्षता तथा महिला वडीविल्डर रिपु घर्तीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सञ्चालक उत्तम खनालले स्वागत मन्तव्य राखेका थिए । क्लबमा अत्याधुनिक फिटनेस उपकरण रहेको सञ्चालकको भनाई छ । महिलाहरूले सञ्चालन गरेको यो क्लब झापामा पहिलो हो । 
कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, बिर्तामोड-४ का वडाध्यक्ष राहुल शर्मा, डा. रुपक खनाललगायतले शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रमको सञ्चालन सञ्चारकर्मी लीला अनमोलले गरेकी थिइन्।

सम्बन्धित समाचार