२०८३ मंसीर ८ गते , मंगलबार

सामाजिक सद्भाव विथोल्ने मनसायले डिजे बजाए कारबाही गरिने

sajilo news
परिवेश मिडिया
२०८३ कार्तिक ६ गते , शुक्रबार
सामाजिक सद्भाव विथोल्ने मनसायले डिजे बजाए कारबाही गरिने

बिर्तामोड । झापामा सामाजिक सद्भाव बिथोल्ने गरी चर्को आवाजमा डिजे बजाए कारबाही गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय झापाले आज एक विज्ञप्ति जारी गर्दै सामाजिक सद्भाव बिथोल्ने मनसायले चर्को आवाजमा डिजे बजाए तत्काल नियन्त्रणमा लिई त्यसका सञ्चालकलाई कानुनी कारबाही गर्ने जनाएको हो। 
कार्यालयले झापा बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त जिल्ला भएको उल्लेख गर्दै आपसी सद्भाव, धार्मिक सहिष्णुता, सामाजिक सांस्कृतिक सहअस्तित्व तथा ऐक्यबद्धतालाई अक्षुण्ण राख्नु सबैको साझा कर्तव्य भएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जारी गरेको विज्ञप्तिमा ‌ साझा पुँजीको रुपमा ‌ रहेको धार्मिक, सांस्कृतिक विविधतालाई जीवन्त राख्दै आपसी विश्वास, भाइचारा, सहअस्तित्व ‌ तथा ‌सहभावमा आधारित सामाजिक सद्भावको बन्धनलाई थप कसिलो र मजबुत बनाउन मर्यादित एवं संयमित व्यवहारको आवश्यकता रहेको उल्लेख गरिएको छ । 
विज्ञप्तिमा भनिएको छ, 'चाडपर्वको अभिन्न अङ्गको रूपमा रहेको मूर्ति पूजन तथा विसर्जन, शोभायात्रा तथा विभिन्न धार्मिक सांस्कृतिक उत्सव, र्‍यालीहरूको अवसरमा असामाजिक तत्त्वहरूबाट हुनसक्ने सम्भावित घुसपेठ, असामाजिक हर्कतहरूबाट हामी सबै सजग र सतर्क हुन जरुरी छ।
आफ्नो धर्म, संस्कृति, परम्परा अनुसारको चाडपर्व, धार्मिक सांस्कृतिक अनुष्ठान गर्दा अन्य धर्मावलम्बीहरूका आस्थाका केन्द्र अगाडि गएर होहल्ला गर्ने, चर्को आवाजमा डीजे  बजाउने, अविर लगायत ‌विभिन्न सामाग्रीहरु फ्याँक्ने जस्ता उच्छृङ्खल र उक्साहटपूर्ण गतिविधिहरू नगर्न नगराउनु हुन सम्बद्ध सबै पक्षमा हार्दिक अपिल अपिल गर्दछौं ‌।‌ साथै धार्मिक सांस्कृतिक पर्व मनाउने नाममा अन्य समुदायको आस्थामा चोट पुर्‍याउने, सामाजिक सद्भाव भड्काउने र सार्वजनिक शान्ति खलल पार्ने कार्य कानूनतः दण्डनीय रहेकाले देहायका बिषयहरु को ‌ अनिवार्य पालना गर्न सबैलाई यसै सूचना मार्फत जानकारी गराइन्छ ।' 
प्रजिअ पोखरेलले जिल्लाको शान्ति सुव्यवस्था र सामाजिक सद्भाव कायम राख्ने कार्यमा उच्च सतर्कता र संवेदनशीलता अपनाई सहयोग  गर्न सम्पूर्ण राजनीतिक दल, जनप्रतिनिधि, धार्मिक अगुवा, व्यवसायी, सञ्चारकर्मी एवं आम नागरिकहरूमा अपिलसमेत गरेका छन् ।

 

सम्बन्धित समाचार