२०८३ मंसीर ८ गते , मंगलबार

सप्तकोसीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८३ कार्तिक ८ गते , आईतबार
सप्तकोसीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु

झापा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । यस्तै तीन जना बेपत्ता भएका छन् ।
आइतबार दिउँसो २ बजे धनकुटा, उदयपुर र भोजपुर जिल्लाको संगमस्थल त्रिवेणीस्थित सप्तकोसी नदीमा मोटरबोट दुर्घटना भएको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
भोजपुरबाट बराहक्षेत्रतर्फ आउने क्रममा मोटरबोट दुर्घटना भएको हो । मोटरबोटमा १४ जना सवार थिए । दुर्घटनामा परेर बेपत्ता भएकाहरूको खोजी तथा उद्धारका लागि सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. १ बाहिनीबाट पाँच जना गोताखोरसहित नौ जना, सुरक्षा बेस रामपुरबाट दुई जना डिएमसहित छ जना र विपद् व्यवस्थापन बेस चतराबाट पाँच जना डिएमसहित नौ जनाको टोली घटनास्थलमा खटिएको छ ।
तीब्र गतिको पानीको बहाव भएको र जल सतहको मुनि ढुङ्गा भएको सो नदीमा जेट बोट चलाउन सकिने भएपनि आउबोट मोटर चलाउन नमिल्ने जानकारहरु बताउँछन् । बोटको मुनिको पंखा खुल्ला भएको र ढुङ्गामा ठोक्किएर मोटर बन्द भै दुर्घटना भएको हुनसक्ने आशङ्का गरिएको छ । 

सम्बन्धित समाचार