२०८३ मंसीर ८ गते , मंगलबार

हवाईफायर गरी लागूऔषध कारोबारी पक्राउ

sajilo news
परिवेश मिडिया
२०८३ कार्तिक ११ गते , बुधबार
हवाईफायर गरी लागूऔषध कारोबारी पक्राउ

बिर्तामोड । प्रहरीले झापामा हवाईफायर गरी लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ। बुधबार झापा गाउँपालिका वडा न.१ सालमाराबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । 
बुधबार दिउँसो अन्दाजी १२:३० बजे बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय कुमरखोद झापा र लागूऔषध ब्यूरो नियन्त्रण शाखा कार्यालय काकँडभिट्टा झापाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपाल तर्फ बिआर ३७ एए ५३८० र मे ७ प ३ नं. मोटरसाइकलमा आउदै गरेका जिल्ला झापा, झापा गाउँपालिका वडा नं.१ सालमारा बस्ने बर्ष ३६ को नसिम अक्तर मिया र  बर्ष ३०को सलमान मियालाई शंका लागी चेकजाँच गर्दा निजहरु भाग्ने क्रममा २ राउण्ड हवाई फायर गरी नियन्त्रणमा लिई रितपूर्वक तलासी गर्दा निजहरुको साथबाट सेतो प्लाष्टिकले पोका पारी लुकाई छिपाई ल्याउदै गरेको लागू औषध खैरो हेरोईन जस्तो देखिने लिसाईलो खैरो पदार्थ (प्लाष्टिक सहित १६६ ग्राम ३४० मिलिग्राम) प्लाष्टिक बाहेक १५० ग्राम १४० मिलिग्राम फेला परेकोले उक्त लागूऔषध र मोटरसाइकलहरु सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी रन्जन अवाले जानकारी दिए। 

सम्बन्धित समाचार