२०८३ जेष्ठ १९ गते , मंगलबार

पत्रकार महासंघका पूर्व सचिव राईले गरे अन्तरजातीय विवाह

sajilo news
परिवेश मिडिया
२०८२ जेष्ठ ८ गते , विहीबार
पत्रकार महासंघका पूर्व सचिव राईले गरे अन्तरजातीय  विवाह

बिर्तामोड नेपाल पत्रकार महासंघ झापाका पूर्व सचिव दिपेनवाला राईले अन्तरजातीय विवाह गरेका छन् कमल गाउँपालिका वडा नम्बर निवासी राईले स्थानीय मनिका विश्वकर्मासँग विवाह गरेका हुन्

उनीहरुले बुधबार झापा जिल्ला अदालतमा अदालती विवाह गरेका छन् राष्ट्रिय बहुमुखी सहकारी संस्था दमकका सचिव तथा जनता समाजवादी पार्टीका संघीय परिषद सदस्यसमेत रहेका राईले परिवेश मिडियासँग कुरा गर्दै एक दशक लामो प्रेमलाई विवाहमा परिणत गरेको बताए समाजमा रहेको छुवाछुत प्रथालाई कानुनमा मात्र नभई व्यवहारमा नै अन्त्य गर्नुपर्ने त्यो अवसर आफुलाई मिलेको भन्दै खुशी व्यक्त गरे छुवाछुतको अन्त्य गर्ने कुरा नारामा मात्र सिमित भएको भन्दै राईले सचेत नागरिकले नै त्यसको अन्त्य गर्न अगुवाई गर्नुपर्ने बताए

राई दम्पतिलाई परिवेश मिडियाको तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ

 

सम्बन्धित समाचार