२०८३ जेष्ठ १९ गते , मंगलबार

सहकारीको कर्मचारी धम्क्याउने क्षेत्री पक्राउ

sajilo news
परिवेश मिडिया
२०८२ जेष्ठ २६ गते , सोमबार
सहकारीको कर्मचारी धम्क्याउने क्षेत्री पक्राउ

बिर्तामोड । झापाको बिर्तामोडमा प्रधान कार्यालय रहेको धौलागिरी पारिजात बहुउद्धेश्यीय सहकारी संस्थाको कर्मचारीलाई धम्क्याउने व्यक्ति पक्राउ परेका छन् । प्रहरीले साविक बुधबारे ६ हाल विर्तामोड नगरपालिका वडा नम्बर १ मा बस्दै आएका खगेन्द्र क्षेत्रीलाई पक्राउ गरेको हो ।
क्षेत्रीले धौलागिरी पारिजात सहकारी संस्थाका कार्यकारी प्रमुख कृष्ण पौडेललाई ऋण असुलीको विषयलाई लिएर फोन मार्फत धम्क्याएका थिए । क्षेत्री पक्राउ परेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख डिएसपी विजय श्रेष्ठले पुष्टि गरे । उनलाई इप्रका अनारमनीमा राखिएको बताइएको छ ।
क्षेत्रीले धौलागिरी सहकारीबाट २०७७ साल चैत्र २५ गते ऋण लिएर लामो समयसम्म पनि नबुझाए पछि ताकेता गर्न संस्थाका सञ्चालक समिति सदस्य तथा ऋण असुली समिति संयोजक भिमबहादुर पौडेल घरमा जाँदा कत्ति निकालेर धाकधम्की दिए पछि संस्थाले कानुनी बाटोबाट जानकारी गराउन पत्राचार गरेको सहकारीले यस अघि पत्रकार सम्मेलन गरेर जानकारी गराएको थियो । सहकारीले पत्राचार गरेपछि कार्यकारी प्रमुख पौडेललाई क्षेत्रीले जेठ २३ गते फोन गरेर कत्ति हान्छु भन्दै धम्क्याए पछि पौडेलले कानुनी कारवाहीको माग गर्दै उजुरी दिएका थिए । 

सम्बन्धित समाचार