२०८२ चैत्र २२ गते , आईतबार

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीको सपथ आज

sajilo news
परिवेश मिडिया
२०८२ चैत्र ११ गते , बुधबार
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीको सपथ आज

बिर्तामोड । प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई आज राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराउँदै छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान ११ः१५ बजे शपथ ग्रहणको कार्यक्रम तय भएको छ ।

७८ बर्षीय केसी गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका थिए ।

केसीले राष्ट्रपतिबाट सपथ लिएपछि चैत १२ गते विहीबार प्रतिनिधि सभाका २७४ सदस्यहरुलाई सपथ ग्रहण गराउने छन् । सभामुख निर्वाचित नहुँदासम्म केसीले नै प्रतिनिधि सभा बैठकको अध्यक्षता समेत गर्नेछन् ।

प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट एक सय ६५ र समानुपातिक निर्वाचन प्रणालीबाट एक सय १० जना निर्वाचित भएका छन् ।

सम्बन्धित समाचार