२०८२ चैत्र २१ गते , शनिबार

गुण्डा ‘क्लिन स्वीप’ अपरेशनमा प्रहरी, एकैरात १९५ जना पक्राउ

sajilo news
परिवेश मिडिया
२०८२ चैत्र २१ गते , शनिबार
गुण्डा ‘क्लिन स्वीप’ अपरेशनमा प्रहरी, एकैरात १९५ जना पक्राउ

झापा काठमाडौंमा प्रहरीले गुण्डागर्दी विरुद्ध रातभर सर्च अप्रेशन चलाएको गुण्डागर्दी, ठगी, बिचौलिया लगायतमा संलग्नहरूलाई प्रहरीले रातभर अप्रेशन गरेर पक्राउ गरेको हो

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी रमेश थापाका अनुसार रातभर काठमाडौंका विभिन्न ठाउँबाट १९५ जना पक्राउ गरेका हुन्

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, ठमेल, बुढानीलकण्ठ लगायतका क्षेत्रबाट सो संख्यामा विभिन्न मान्छेहरू पक्राउ परेको एसएसपी थापाले बताए

ठमेल, विमानस्थल लगायतका क्षेत्रामा मान्छे तातातान गर्ने, पहिल्यैदेखि गुण्डागर्दीमा संलग्न, बिचौलिया लगायतका १९५ जनालाई नियन्त्रणमा लिएका छौं,’ एसएसपी थापाले भने

उनीहरूविरुद्ध प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको

सम्बन्धित समाचार