२०८३ मंसीर ९ गते , बुधबार

प्लाष्टिकजन्य तथा गैरकानुनी ढङ्गबाट भित्रिएका फूल नियन्त्रण गर्न निर्देशन

sajilo news
परिवेश मिडिया
२०८३ कार्तिक १४ गते , शनिबार
प्लाष्टिकजन्य तथा गैरकानुनी ढङ्गबाट भित्रिएका फूल नियन्त्रण गर्न  निर्देशन

बिर्तामोड । जिल्ला प्रशासन कार्यालय झापाले कानुनले निषेध गरेका प्लास्टिकजन्य फूलहरू तथा गैरकानुनी ढङ्गबाट भित्रिएका फूलहरू नियन्त्रण गर्न सुरक्षा निकायहरूलाई निर्देशन दिएको छ ।
स्वदेशी पुष्प व्यवसायीलाई प्रोत्साहन गर्न प्लाष्टिकजन्य तथा गैरकानुनी ढङ्गबाट आयात गरिएका भारतीय फूल नियन्त्रण गर्न प्रशासनले सुरक्षा निकायलाई निर्देशन दिएको हो ।
तिहार, नेपाल सम्वत्, छठ लगायतका राष्ट्रिय पर्वहरूको अवसरमा सयपत्री, मखमली, गोदावरी लगायतका विभिन्न प्रजातिका पुष्पहरू धार्मिक तथा सांस्कृतिक प्रयोजनका अतिरिक्त शृंगार तथा सजावटमा समेत अत्यधिक प्रयोग गर्ने प्रचलन रहेको र जिल्लाभित्र परम्परागत रूपमा सञ्चालन हुँदै आएको "पुष्प खेती" व्यावसायिक खेतीका रूपमा समेत रूपान्तरण हुँदै गइरहेको पृष्ठभूमिमा स्वदेशी उद्यमशीलता र सिर्जनशीलतालाई प्रोत्साहन गर्दै स्वदेशी उत्पादनलाई पहिलो प्राथमिकतामा राखी उपयोग गर्न जिल्ला प्रशासन कार्यालय झापाले सरोकारवाला सबैलाई अनुरोधसमेत गरेको छ ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले झापामा हुने पुष्पको उत्पादन, आपूर्ति, भण्डारण, बिक्रीवितरण तथा उपयोगलाई व्यवस्थित बनाउन सुझाव तथा सल्लाह दिन समेत आग्रह गरेका छन् । 

सम्बन्धित समाचार