२०८३ मंसीर ९ गते , बुधबार

झापामा तास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

sajilo news
परिवेश मिडिया
२०८३ कार्तिक २४ गते , मंगलबार
झापामा तास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

बिर्तामोड । प्रहरीले झापाको कमल गाउँपालिकाबाट तास खेलिरहेको अवस्थामा घरधनीसहित १२ जनालाई पक्राउ गरेको छ । 
सोमबार दिउँसो  ४:३० बजेको समयमा कमल गाउँपालिका वडा नं.५ बस्ने बर्ष ४५ की गिता भट्टराईको घरमा तास खेलिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले कमल गाउँपालिका वडा नं. ५ बस्ने बर्ष ३१ को अशोक पौडेल, बर्ष ४० को अमर धिताल, बर्ष ४८ को देबेन्द्र कुईकेल, गिता भट्टराईको छोरा सबिन भट्टराई, बर्ष ४५ को सहदेव धिमाल, बर्ष ४१ को बाबुराम राई, बर्ष १८ को राज राजवंशी, बर्ष ३५ को दिपक धिमाल, बर्ष ४७ को अर्जुन थापा, बर्ष ५३ को दुर्गा प्रसाद अधिकारी, बर्ष ३७ को तिलक बहादुर कार्की र घरधनी बर्ष ४५ कि गिता भट्टराईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी सुवास बुढाथोकीले जानकारी दिए । 
उक्त खेलमा प्रयोग भएको नगद १ लाख १८ हजार दुई सय रुपैयाँ नगद, ५ बुङ तास र ९ थान मोवाईलसमेत बरामद गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

 

सम्बन्धित समाचार