२०८३ मंसीर १० गते , विहीबार

बिर्तामोड खानेपानीको मिटर ५ हजारमा जडान गर्ने

sajilo news
परिवेश मिडिया
२०८३ मंसीर १० गते , विहीबार
बिर्तामोड खानेपानीको मिटर ५ हजारमा जडान गर्ने

बिर्तामोड । बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको मिटर ५ हजारमा जडान गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । हाल १३ हजार रुपैयाँ लिइदै आएको मिटर ५ हजार शुल्कमा जडान गर्ने प्रतिबद्धता व्यक्त गरिएको हो ।

संस्थाको आसन्न निर्वाचनमा सहभागी स्वतन्त्र समावेशी समूहले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा मिटर जडान शुल्क महङ्गो भएकाले घटाउने उल्लेख गरेको छ । समूहले सार्वजनिक गरेको १७ बुँदे प्रतिबद्धतामा पानीको न्यूनतम युनिट १० बाट बढाएर २० बनाउने, अन्धुवा, धरधरे, रेखा खोला लगायतमा भएको जरुवा पानीलाई जलाशयमा विकास गर्ने जस्ता अत्यावश्यकीय र जनमुखी योजनाहरू समेटिएको छ ।

यस्तो छ प्रतिबद्धता पत्र

…स्वच्छ तथा गुणस्तरीय पानीको उपलब्धता, सर्वसुलभ पहुँच, नियमित आपूर्ति हाम्रो प्रतिबद्धताÚ

२)८३ मंसिर १४ गते हुन गईरहेको बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको निर्वाचनमा

स्वतन्त्र समावेशी समुहको प्रतिबद्धता पत्रको सार–संक्षेप

– खानेपानीको न्यूनतम युनिट १) बाट २) युनिट पुर्याउने ।

– अनलाइनबाट सेवाहरु सुचारु गर्ने ।

– हालको चर्को मिटर जडान खर्च घटाइ रु. ५)))।– मात्र लिने ।

– हाल भएको अलोकतान्त्रिक बिधान सम्सोधन गर्ने ।

– अपाङ्गता भएका, गरिब, पिछडा वर्गलाई सहुलियत दरमा मिटर उपलब्ध गराउने ।

– घरको माथिल्लो तलासम्म खानेपानी पुग्ने व्यवस्था मिलाउने ।

– गुणस्तरीय खानेपानी नियमित आपूर्ति गर्ने ।

– २ वर्षभित्र सबै ठाँउमा खानेपानी विस्तार गरिसक्ने ।

– पानीको मुहान, खोलानाला तथा शहरलाई सधैं सफा राख्ने ।

– अन्धुवा, धरधरे, रेखा लगायतका खोलाहरुमा रहेको जरुवा पानीलाई जलाशयको रुपमा विकास गर्ने ।

– मुक्ति चोकमा भएको ँष्चभ ज्थचमचबलत अन्य घना बस्ती भएका क्षेत्रहरुमा विस्तार गर्ने ।

– आर्थिक अनियमितता नगर्ने ।

– ट्याङ्की नं. २ को फिल्टर परिवर्तन गर्ने ।

– जोखिम व्यवस्थापन तथा आकस्मिक सेवा प्रदान गर्ने ।

– साना तथा टुटफुट भएका पाइपलाइनहरु परिवर्तन गर्ने ।

( खानेपानीलाई मिनरल वाटर बनाई जार तथा बोतलमा उपलब्ध गराउने ।

– सुकुमबासी बस्ती तथा मिटर खरिद गर्न नमिल्ने ठाउँहरुमा सार्वजनिक धाराहरु जडान गर्ने ।

धन्यवाद १ चुनाव प्रचार प्रसार समिति

नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र देउवा पक्षीय काँग्रेस सम्मिलित चार दलको संयुक्त प्यानलले आफूहरुले निर्वाचन जितेका प्रतिबद्धता इमान्दारितापूर्वक कार्यान्वयन गर्ने जनाएको छ । लामो समयदेखि नेपाली काँग्रेसको बर्चश्वको नेतृत्व रहँदै आएको बिर्तामोड खानेपानीमा यसपटक नेपाली काँग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीको गठबन्धन रहेको छ ।

सम्बन्धित समाचार