२०८३ जेष्ठ २० गते , बुधबार

प्रदेश सदस्यमा मनोनीत पुरी र तिम्सिनालाई प्रेस सेन्टर झापाद्वारा बधाई ज्ञापन

sajilo news
परिवेश मिडिया
२०८१ जेष्ठ ३ गते , विहीबार
प्रदेश सदस्यमा मनोनीत पुरी र तिम्सिनालाई प्रेस सेन्टर झापाद्वारा बधाई ज्ञापन

बिर्तामोड प्रेस सेन्टर नेपाल झापाले कोशी प्रदेश समिति सदस्यमा मनोनित झापाली सञ्चारकर्मीहरू उद्धव पुरी चुडामणी तिम्सिना (सिएम शर्मा) लाई बधाई तथा शुभकामना दिएको

बुधबार गौरीशंकर स्मृति प्रतिष्ठान बिर्तामोडमा आयोजित एक कार्यक्रमका बीच उनीहरूलाई बधाई तथा शुभकामना दिइएको हो प्रदेश समिति सदस्यमा मनोनित पुरी तिम्सिनालाई नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हरिकुमार राना, नेकपा माओवादी केन्द्र झापाका अध्यक्ष राजु आचार्य (अग्नि), प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव तथा झापा इन्चार्ज बिमल लामिछाने, जिल्ला अध्यक्ष राजु पाठक लगायतले खदा लगाएर बधाई तथा शुभकामना दिएका थिए

लामो समयदेखि प्रेस सेन्टर नेपालमा आबद्ध उनीहरूलाई वैशाख २८ गते विराटनगरमा सम्पन्न प्रदेश समितिको बैठकले प्रदेश सदस्यमा मनोनित गरेको थियो

यसै बीच सम्पन्न प्रेस सेन्टर नेपाल झापाको बैठकले आगामी जेठ २६ गतेलाई तय भएको नेपाल पत्रकार महासंघको चुनावमा अन्य पत्रकारजन्य संगठनहरूसँग समन्वय तथा सहकार्य गरेर अगाडि बढ्ने निर्णय गरेको पत्रकार महासंघलाई छाता संस्थाको रूपमा स्थापित गराउन प्रेस सेन्टरको महत्त्वपूर्ण भूमिका हुने भन्दै केन्द्रीय सचिव तथा झापा इन्चार्ज लामिछानेले सहमतिको आधारमा अगाडि बढ्न अन्य संघ संगठनहरूसँग छलफल अगाडि बढाइने जानकारी दिएका हुन

सम्बन्धित समाचार