२०८३ मंसीर ११ गते , शुक्रबार

इनमको रोदन - 'आँखामा पट्टी बाँधेर झुटो बयान दिन लगाइयो'

sajilo news
परिवेश मिडिया
२०८३ मंसीर ११ गते , शुक्रबार
इनमको रोदन - 'आँखामा पट्टी बाँधेर झुटो बयान दिन लगाइयो'

झापा । इनम सापकोटाले आफूलाई आँखामा पट्टी बाँधेर नियन्त्रणमा लिई धम्की दिँदै पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, नेपाली कांग्रेसका सभापति गगन थापा र नेता उमेश श्रेष्ठसहितका व्यक्तिविरुद्ध बयान दिन दबाब दिइएको आरोप लगाएका छन् ।
सापकोटाले राष्ट्रिय मानवअधिकार आयोगमा दिएको उजुरीमा आफूलाई इच्छाविपरीत बयान दिन बाध्य पारिएको उल्लेख गरेका छन् । बयान नदिए आफू र परिवारलाई झुटा मुद्दामा फसाउने, लामो समय जेलमा राख्ने तथा ज्यानसमेत जोखिममा पार्ने धम्की दिइएको उनको दाबी छ ।
उनका अनुसार प्रहरीले मोबाइल फोन नियन्त्रणमा लिएपछि आफूलाई आँखामा पट्टी बाँधेर अज्ञात स्थानमा लगिएको थियो । त्यसक्रममा अनुसन्धानकर्ताले तयार पारेका बयान पढ्न लगाइएको र आफूलाई थाहा नभएका विषयमा समेत आरोप लगाउन दबाब दिइएको उनले बताएका छन् ।
सापकोटाले आफूले अस्वीकार गरेका बयानमा हस्ताक्षर गर्न दबाब दिइएको तथा मोबाइल फोनसमेत अनधिकृत व्यक्तिको पहुँचमा पुर्‍याएर प्रमाणमा हेरफेर गरिएको आशंका व्यक्त गरेका छन् ।

सम्बन्धित समाचार