२०८३ मंसीर ११ गते , शुक्रबार

मंसिर १५ गते नेकपा नेता पुन झापा आउँदै, जागरण अभियानलाई सम्बोधन गर्ने

sajilo news
परिवेश मिडिया
२०८३ मंसीर ११ गते , शुक्रबार
मंसिर १५ गते नेकपा नेता पुन झापा आउँदै, जागरण अभियानलाई सम्बोधन गर्ने

बिर्तामोड । नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय संगठन विभाग प्रमुख वर्षमान पुन ‘अनन्त’ मंसिर १५ गते झापा आउने भएका छन् । पार्टीले सञ्चालन गरिरहेको दुई महिने ‘राष्ट्रिय जागरण अभियान’ अन्तर्गत झापामा आयोजना हुने जिल्लाव्यापी कार्यक्रममा सहभागी हुन नेता पुन झापा आउन लागेका हुन् ।
नेता पुनको सहभागितामा हुने उक्त कार्यक्रममा जिल्लामा क्रियाशील पार्टीका सम्पूर्ण जनवर्गीय संगठन तथा मोर्चाहरूको सहभागिता रहने पार्टीका केन्द्रिय सदस्य तथा झापा सहइञ्चार्ज सीपी कडरियाले जानकारी दिए । नेता पुनले यसअघि पनि राष्ट्रिय जागरण अभियानमार्फत पार्टीलाई जनतासँग जोड्ने र संगठनात्मक गतिविधिलाई प्रभावकारी बनाउने विषयमा जोड दिँदै आएका छन् ।
राष्ट्रिय जागरण अभियान पार्टीका केन्द्रिय तहका नेताको संयोजकत्वमा झापाका सबै पालिकाहरुमा सञ्चालन भइरहेको छ । झापामा हुने कार्यक्रमले जिल्लाका पार्टी नेता, कार्यकर्ता तथा विभिन्न जनवर्गीय संगठनबीच समन्वय र सहकार्य विस्तार गर्ने अपेक्षा गरिएको छ ।
कार्यक्रम बिर्तामोड पश्चिम स्टेण्ड दक्षिणमा रहेको सीपी पार्टी प्यालेसमा दिनको ११ बजेदेखि हुने पार्टीका जिल्ला संयोजक खड्ग तिम्सिना ‘पवन’ले जानकारी दिए ।
नेपाली कम्युनिस्ट पार्टीले गत कात्तिक ७ गतेदेखि देशव्यापी रूपमा सुरु गरेको राष्ट्रिय जागरण अभियान आगामी मंसिर २५ गतेसम्म सञ्चालन हुनेछ । अभियानका क्रममा पार्टी संगठन सुदृढीकरण, सदस्यता नवीकरण तथा विस्तार, जनताका समस्या र माग संकलन, जनजीविकाका सवाल उठान तथा स्थानीय तह र प्रदेशसभा निर्वाचनको तयारीलाई प्राथमिकतामा राखिएको छ ।

सम्बन्धित समाचार